सोमवार, मंसिर १८, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • नेपालले मलाई सधैं मोहित बनाउँछ, धेरै कुरा सिकेर जाँदैछु : महासचिव गुटरेस

नेपालले मलाई सधैं मोहित बनाउँछ, धेरै कुरा सिकेर जाँदैछु : महासचिव गुटरेस


कान्तिपथ


संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाललाई जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नेपालबाट आफूले धरै कुरा सिकेर जान लागेको बताएका हुन् ।

सम्बोधनमा महासचिव गुटरेसले नेपाल सरकार र नेपाली जनतालाई आत्मीय स्वागतका लागि धन्यवाद दिए । उनले भने, ‘मेरो केही दिनको बसाइँमा मैले धेरै कुरा सिकेँ । त्यो सिकेको कुरा लिएर जलवायु परिवर्तनमा तपाईंहरुको संघर्षलाई र यहाँको विकासका लागि सहयोग गर्नेछु ।’ गुटरेसले नेपालले लैङ्गिक समानतामा हासिल गरेको प्रगतिको प्रशंसा गरे ।

उनले हिमालयको मनोरम दृश्य, यहाँको न्यानो आतिथ्य, सांस्कृतिक विविधता आफूलाई सधैँ याद रहेन बताए । उनले विश्वमा तनाव बढिरहेको बेला यो भेट भइरहेको बताउँदै गरिबी निवारण र भोकमरी विरुद्ध गरिएको दशकौँ लामो संघर्षलाई उल्टाउने काम भइरहेकोमा चिन्ता व्यक्त गरे ।

उनले इजरायल र हमासबिचको द्वन्द्व हजारौँ माइल टाढा भएपनि नेपाल यसबाट प्रभावित भएको जिकिर गरे । उनले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारहरूप्रति समवेदना प्रकट गरे ।

गुटेरेसले आफू दोस्रोपटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत