बुधबार, मंसिर १३, २०८०

डिजेल र मट्टीतेलको मूल्य घट्यो


कान्तिपथ


काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ । भारतीय आयल निगमबाट समायोजन भइ आएको मूल्य सूची अनुसार निगमले नयाँ दर कायम गरेको हो ।

निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटेको छ । घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।

घटेको मूल्य गएरातीबाट लागु भएको छ । यसैगरी पेट्रोल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहने निगमले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत