दोलखाको चरिकोटस्थित च्छो-रोल्पा अस्पतालले बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाईएको छ । पाठेघरको अपरेसन गर्दा आन्द्रा प्वाल पारेपछि रेफर गर्दा घटना बाहिरिएको हो ।
पिडितका भाई पदम पाठकले सामाजिक संजाल फेसबुक मार्फत घटना सार्वजनिक गर्दै भनेका छन्, ‘डाक्टर किन कुट्दा रहेछन बल्ल थाहा भयो । पाठेघरको अपरेसन गर्दा आन्द्रा प्वाल पारेपछी रेफर गरियो हिसाब गर्न बाकी छ । च्छो-रोल्पा अस्पताल, चरिकोट हिसाब गर्न आउने छौ बिरामी घरमा त लेर जाउ ।
पिडित सिता सेढाई दोलखाको कालिन्चोक गाउँपालिका वडा नं ९ की स्थायी बासिन्दा हुन् । च्छो-रोल्पा अस्पतालमा उपचार गर्दा उनको लगभग ८० हजार खर्च भएको छ । हाल उनी काठमाडौँको वीर अस्पतालमा उपचाररत छिन । च्छो-रोल्पामा अपरेसन गरेको २४ घण्टा पछि चिया खाँदा पेट फुलेपछि चिकित्सकले शंका गरेर काठमाडौँ रेफर गरेका थिए । हाल उनको वीर अस्पतालमा अपरेसन गरिएको छ ।
स्वास्थ्य क्षेत्रको नियामक निकाय नेपाल मेडिकल काउन्सिललाई कानुनले चिकित्सकहरूको पेसागत आचारसंहिता अनुगमन र कारबाहीको अधिकार दिएको छ।
अर्धन्यायिक निकाय भएका कारण काउन्सिलको निर्णय प्रक्रिया केही लामो हुने यसका पदाधिकारीहरू बताउँछन्।
काउन्सिलमा गुनासो लिएर आउने सबै प्रकारका बिरामी र आफन्तलाई न्याय र क्षतिपूर्तिका लागि पहल गर्दै आए पनि काउन्सिलको अधिकार सीमित भएका कारण सबैलाई न्याय दिलाउन नसकिएको काउन्सिलले बतायो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ