सोमवार, माघ ७, २०८१

ओलीको चियापानमा माधव नेपाललाई निम्तो


कान्तिपथ


नेकपा एमालेले आज (बुधबार) चाडपर्वको अवसरमा चियापान कार्यक्रम गर्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरु हुने एमालेले जनाएको छ ।

हरेक वर्ष दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार लगायतका पर्वका अवसरमा एमाले, कांग्रेस लगायतका राजनीतिक दलले चियापान कार्यक्रम गर्दै आएका छन् ।

एमालेले मंगलबार (कात्तिक १४ गते) गते नै चियापान गर्ने भनेको थियो । तर, मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएपछि एमालेले आजको लागि चियापान कार्यक्रम सारेको थियो ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख, नेता, संवैधानिक निकायका प्रमुख, राजदूत, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, सञ्चारकर्मी लगायतलाई आमन्त्रण गरिएको छ ।

एमालेले पायक पर्ने सर्वसाधारणलाई पनि चियापान समारोहमा उपस्थित हुन आग्रह गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् चियापानमा सहभागी हुन सबैलाई निम्तो दिएका छन् ।

नेकपा एमालेले पहिलोपटक नेकपा एकीकृत समाजवादीलाई औपचारिक कार्यक्रममा निमन्त्रणा गरेको छ । सो समारोहमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतलाई पत्र काटेरै औपचारिक निमन्त्रणा गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत