आइतवार, फाल्गुन ४, २०८१

राष्ट्रसंघका महासचिवको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु


कान्तिपथ


काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक असईको मृत्यु भएको छ । प्रसनी टिकाराम ढुंगानाको मृत्यु भएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्पमा खटिएका ढुंगानाको लेक लागेर मृत्यु भएको बताइएको छ । उनी १२ कार्तिकमा बेसक्याम्पमा गएका हुन् ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगानाले आर्मी र प्रहरीको टोली लिएर एविसी गएका थिए । गुटेरेसको भ्रमण सकिएपछि असई ढुंगाना सहितको सुरक्षा टोली मंगलबार पैदल हिँडेर पोखरा फर्किंदै थिए ।

ढुंगाना अन्नपुर्ण गाउँपालिका–११ स्थित हिमालयन होटलमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि एयर डाइनेस्टिको हेलिकप्टरमार्फत उनलाई पोखरा ल्याएको एसपी थापाले बताए । उनी भन्छन्– ‘उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन् ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत