बुधबार, माघ २, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • बारामा प्रिन्सिपल हत्याका ५ आरोपी सार्वजनिक, पूर्वप्रेमिका मुख्य योजनाकार

बारामा प्रिन्सिपल हत्याका ५ आरोपी सार्वजनिक, पूर्वप्रेमिका मुख्य योजनाकार


कान्तिपथ


काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ स्थित एक निजी विद्यालयका प्रधानाध्यापक गुड्डु भनिने रुपेश शर्राफ स्वर्णकारको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

विवाहेत्तर प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या भएको निष्कर्षसहित प्रहरीले २२ वर्षीया राधा गुप्तासहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार राधा र मृतक रुपेशबीच प्रेम सम्बन्ध थियो ।

भारतीय नागरिक चन्दन र अविनव सुटर समूहको सदस्य र राधा गुप्ता मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । चारै जना भारतीय सुटर फरार छन् । जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार, पक्राउ परेकी गुप्ता विगत ३ वर्षदेखि भारत बस्ने मनोज गुप्तासँग प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ । त्यही विषयमा मनोज र मृतक रुपेशबीच तीब्र विवाद भएको प्रहरी निष्कर्ष छ । त्यही झगडामा रुपेशको गोली हानेर हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत