आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत ओमानले नेपाललाई जितका लागि १ सय ४६ रनकाे लक्ष्य दिएकाे छ । टस हारेर पहिले ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १ सय ४५ रन बनाएकाे हाे ।
नेपालका लागि करण केसीले तीन तथा साेमपाल कामी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए । अभिनाश बाेहरा र गुल्शन झाकाे नाममा एक–एक रह्याे ।
नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ