आइतवार, माघ ६, २०८१

सहकारीको ३३ करोड हिनामिना गर्ने पक्राउ


कान्तिपथ


सहकारी संस्थाको ३३ करोड रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोपमा व्यवस्थापक र लेखा समितिका संयोजक पक्राउ परेका छन् । ललितपुरको नेसनल डेभलपमेन्ट को–अपरेटिभ सोसाइटीका व्यवस्थापक दिनेशकुमार पन्त र लेखा समिति संयोजक रवीन्द्रकुमार नेम्कुललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले आफन्तका नाममा नियमविपरीत कर्जा प्रवाह गरी संस्थालाई धराशायी बनाएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सो सहकारीमा भएको हिनामिनाको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

३३ करोड २२ लाख ५८ हजार दुई सय ८३ रुपैयाँ बिगो कायम गरी ठगी मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाइएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । व्यवस्थापक पन्तले श्रीमती एकता पन्त, छोरा दिवश पन्त, भाइ उत्तम पन्तलाई विनाधितो कर्जा प्रवाह गरेका थिए ।

त्यस्तै, लेखा समितिकै संयोजक रहेका नेम्कुलका साथै कृष्ण खत्री र रूपा घिमिरेको नाममा पनि कर्जा प्रवाह भएको थियो । रूपा घिमिरे तथा गोपालरन पहेली र अनुप राजथलालाई एउटै जग्गा धितो राखी कर्जा दिएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत