बिहिबार, मंसिर १४, २०८०

कम्बोडियाको टेलिकममा ओलीको लगानी बारे संसदमा उठ्यो प्रश्न !


कान्तिपथ


नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको आलोचना गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेकी छिन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भनेर भ्रम सिर्जना गरिएको बताइन्।

सांसद ज्ञवालीले भनिन–‘यतिबेला दुर्गा प्रसाईजस्ता अराजक व्याक्तिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन् । सुशासन र विकासमा सबैभन्दा योग्य साबित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो । यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्त्वलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत