बिहिबार, मंसिर १४, २०८०

ट्वान्टी-२० विश्वकप छनोट : सेमिफाइलनमा नेपालले यूएईसँग खेल्ने


कान्तिपथ


नेपालले ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा यूएईसँग खेल्ने भएको छ । ओमानसँग बिहीबार समूह चरणको अन्तिम खेलमा रोमाञ्चक ५ रनको हारपछि नेपालले समूहको उपविजेता भएर यूएईसँग खेल्नु परेको हो ।

नेपाल र यूएईबीचको सेमिफाइनल खेल शुक्रबार मूलपानी क्रिकेट मैदानमा हुनेछ । यूएईले मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।

१ सय ४६ रनको विजय लक्ष्य लिएर आएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभर खेली १ सय ४० रनमा अलआउट भएको थियो । अन्तिम दुई ओभरमा ३६ रन बनाए पनि नेपाललाई त्यो विजयका लागि पर्याप्त भएन ।

अन्तिम ओभरमा विवेक यादवले पहिलो तीन बलमा लगातार छक्का प्रहार गरेपछि नेपाललाई अन्तिम ३ बलमा विजयका लागि ७ रन चाहिन्थ्यो । तर उनी चौथो बलमा आउट भए । पाँचौं बलमा अविनाश बोहराले १ रन लिएपछि स्ट्राइकमा आएका करण केसीले लङ अफमा क्याच दिन पुगे ।

विवेकले २४ बल खेली ५ छक्कासहित ३९ रन बनाए । करणले ११ बलमा १ चौका र एक छक्का सहित १५ रन बनाए । नेपालबाट आसिफ शेख ५, सोमपाल कामी १२, कुशल भुर्तेल २६, कप्तान रोहित पौडेल १२, कुशल मल्ल १० र सन्दीप जोरा १२ रनमा आउट भएका थिए । गुल्शन झाले ३ रनमात्र बनाउन सके । यूएईका बिलाल खानले ३ विकेट लिए ।

नेपालबाट करण केसीले ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे । सोमपालले ४ ओभरमा १६ र सन्दीपले ३० रन खर्चेर समान २/२ विकेट लिए । अविनाश बोहरा र गुल्शनले १–१ विकेट लिए । अविनाशले ४ ओभरमा १८ र गुल्शनले ३५ रन खर्चे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत