काठमाडौं- आईसीसी पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूहको उपविजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
फाइनल प्रवेशका लागि नेपालले मुलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे यूएईसँग भिड्दैछ । नेपाललाई फाइनल प्रवेश मात्र हैन विश्वकपमा छनोट हुन समेत आजको खेल महत्वपुर्ण छ । सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ ।
छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले आजको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण छ ।
नेपालले समूह बीको विजेता यूएईलाई सेमिफाइलनको प्रतिद्धन्दीको रुपमा पाएको हो । नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित हुन पुग्यो ।
ओमानसँग पराजित बनेपछि नेपालले एसोसियट राष्ट्र मध्य बलियो मानिएको यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । आजको खेलको नतिजाले नेपालको टी ट्वान्टी विश्वकपको आगामी यात्राको टुङ्गो लगाउनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ