नेपाली सेनाले २ सय २९ रिक्त अधिकृत तह (सहायक सेनानी) पदमा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै अधिकृत (सहायक सेनानी) पदका लागि दरखास्त आव्हान गरेको हो।
रिक्त २२९ अधिकृत क्याडेट पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ।
खुल्ला तर्फ १२२, समावेशी तर्फ महिला १७, आदिवासी जनजाती ३३, मधेशी २७, दलित १५ र पिछडिएको क्षेत्रबाट तीन प्रतिशत भर्ना गर्ने गरी सेनाले दरखास्त आह्वान गरेको हो।
जारी सूचनामा मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ। दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिने निर्देशनालयले जनाएको छ।
हेर्नुहोस् सूचना :
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ