सोमवार, माघ ७, २०८१

यूएईका दुवै ओपनर ब्याट्सम्यान सोमपालको धरापमा


कान्तिपथ


टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो पहिलो र दोस्रो विकेट गुमाएको छ ।

यूएईले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान खालिद शाहलाई गुमाएको हो । उनी तीन रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । उनलाई सोमपाल कामीले रन आउट गराएका हुन् । उनी आउट हुँदा यूएईले ३।१ ओभरमा २९ बनाएको छ ।

त्यसलगत्तै यूएईको दोस्रो विकेटका रुपमा ओपनर मुहम्मद वसिम पेभेलियन फर्किएका हुन् । कप्तान समेत रहेका वसिम २६ रन बनाउँदै आउट भए । उनलाई सोमपाल कामीले करण केसीद्वारा क्याच गराएका हुन् । वसिमले १६ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनी आउट हुँदा यूएईले ३।३ ओभरमा ३० रन बनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत