शनिबार, माघ ५, २०८१

विश्वकप छनोटका लागि नेपाललाई १३५ रनको लक्ष्य


कान्तिपथ


आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो।

यूएईका भृत्य अरविन्दले ६४ रन बनाए। मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे। नेपाली स्पीनरहरुले कँसिलो बलिङ गरे।

नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए। सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रन मात्र खर्चिए। कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए।

यो खेल जित्ने टोली आगामी वर्ष आयोजना हुने विश्वकपमा छनोट हुने छ। यूएईले उत्कृष्ट सुरुवात गरेको थियो। सुरुका तीन ओभरमा विकेट नगुमाई २९ रन जोडेको यूएईले त्यसपछि एक रनको अन्तरमा दुवै ओपनरलाई गुमाएको थियो। त्यसपछि नेपाली स्पीनरहरुले यूएईका ब्याट्सम्यानहरुलाई लगातार दबाबमा राखेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत