प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आाज (शनिबार) बिहान औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट र रुकुम पश्चिम जाँदै छन्।
गएराति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएपछि घाइतेहरुको खोज, उद्वार तथा उपचार व्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम प्रभावित क्षेत्रमा जान लागेको उनको सचिवालयले जनाएको छ।
बिहानैदेखि घाइतेहरुको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा २ हेलिकप्टर र एक स्काईट्रक सल्ले र चौरजहारी विमानस्थल वेस बनाई परिचालन गर्न लागिएको छ।
भूकम्पले भएको मानवीय र भौतिक क्षतिप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका छन्।
उनले घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधिलाई आग्रह गरेका छन्।