१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन् । उनी आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन् ।
उनलाई प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लाको अवस्थाबारे वि्रफिङ गरेका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड स्थलगत अनुगमनमा निस्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ
आज राति ११ बजेर ४७ मिनेट जाादा जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ