सोमवार, माघ ७, २०८१

कोशी प्रदेश सरकारबाट बाहिरियाे एमाले


कान्तिपथ


विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । पार्टीबाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउँदै सरकारबाट बाहिरिनुभएको हो ।

उहाँले शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री केदार कार्कीले हिजो माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादी कमलप्रसाद जबेगुलाई विना विभागीय मन्त्री बनाउनुभएको थियो । एमालेले आफूहरूको सहमति विपरीत सरकार विस्तार गरेको भन्दै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको हो ।

नेकपा एमाले तथा कांग्रेसका ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले २८ असोजमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत