बिहिबार, मंसिर १४, २०८०

भूकम्पका घाइतेहरूको उपचार निःशुल्क गरिने


कान्तिपथ


काठमाडौँ I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने बताउनुभएको छ । 

स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी पनि दिनुभयो ।  

उहाँले भन्नुभयो, “त्यहीँ उपचार गर्नुपर्ने घाइतेहरूको उपचार त्यही गर्छौँ, त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकप्टरबाट भए पनि सुविधा सम्पन्न अस्पताल ल्याएर उपचार गर्छौँ । उपचारमा कुनै कमी हुने छैन ।”

मन्त्री बस्नेतले प्राकृतिक विपत्तिका बेला सरकारले उपचारमा कुनै कमी हुन नदिने जानकारी दिनुभयो । उहाँले जाजरकोट र रुकुमका घाइतेको अवस्था हेरेर उपचारका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरूसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिनुभयो । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत