आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज आइतबार नेपाल र ओमान भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको थियो।
यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको थियो।
यसअघि नै सेमिफाइनलका खेल जित्दै नेपाल र ओमान दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन्।
यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो।