शुक्रबार, मंसिर १५, २०८०

मन्त्रिपरिषद् बैठक बस्दै : भूकम्प प्रभावितका विषयमा निर्णय हुने


कान्तिपथ


जाजरकोट भूकम्पपछि उद्धार, राहत र उपचारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक अहिले बिहान ८ बजे बस्दैछ।

भूकम्पलगत्तै शनिबार बिहान प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम पुगेर क्षतिबारे बुझेर फर्केका थिए। प्रधानमन्त्रीले उद्धार, राहत र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्।

भूकम्प प्रभावितको संख्या हजारौं छ। शुक्रबार मध्य राति पौने १२ बजेतिर भूकम्प गएपछि मानिसहरु आफ्नो घरमा फर्किन सकेका छैनन्। ठूलो भूकम्पपछि लगातार परकम्प गइरहेका कारण स्थानीय त्रासमा छन्।

उनीहरुले शुक्रबारको रात बाहिरै बिताए। आज राति पनि घरभित्र फर्किने स्थिति छैन। धेरैजसो घर कच्ची भएकाले बस्न सक्ने अवस्थामा छैनन्। यस्तो अवस्थामा भूकम्प पीडितहरु केही दिन बाहिरै बस्नुपर्नेछ।

चिसो बढिसकेकाले उनीहरुलाई झन् समस्या भएको छ। उद्धार तथा राहतकर्मीहरुले लगेका पाल र कम्बलको भरमा उनीहरु बसेका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा वर्षाको सम्भावना भने छैन। आजदेखि दुई–तीन दिनसम्म बादल लागे पनि पानी भने नपर्ने बताइएको छ। रुकुम पश्चिम र जाजरकोट दुवै जिल्लामा पानी पर्ने र हिमपात हुने सम्भावना छैन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत