सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले आइतबार बिहान १० बजेका लागि बैठक बोलाएका हुन्।
बैठकमा कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प, भूकम्पले पुर्याएको क्षति, उद्धार तथा राहत र समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठक सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकमा कार्यसम्पादन समितिका सदस्यहरुलाई बोलाइएको छ। कांग्रेसले जाजरकोट भूकम्पबाट पीडितहरुलाई तत्काल ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
बैठकमा पार्टीको आगामी महासमिति बैठकको तयारीका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन्। कांग्रेसको महासमिति बैठक आगामी मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा हुँदैछ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ