शुक्रबार, मंसिर १५, २०८०

नेपाल टस जितेर ब्याटिङमा, दीपेन्द्रकाे स्थानमा सन्दीप जोरा


कान्तिपथ


आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।

नेपालको टिममा एक परिवर्तन गरिएको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरालाई मैदान उतारिएकाे छ । नेपाल यूएईलाई र ओमान बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह ‘ए’मा रहेका दुवै टोलीबीच लिग चरणमा भएकाे भेटमा नेपाल ओमानसँग पाँच रनले हारेकाे थियाे ।

समूह उपविजेता बनेर अघि बढेकाे नेपालले सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराएर फाइनल प्रवेश गरेको हाे । फाइनल प्रवेश गरेका नेपाल र ओमान आगामी वर्ष हुने टी-२० विश्वकपमा छनोट भइसकेका छन् ।

नेपालको टिमः रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, विवेक यादव, अभिनाश बोहोरा, सन्दीप लामिछाने र गुल्शन झा ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत