कलेज प्रशासनले गोजी नभएको पोसाक हुनुपर्ने गरी ‘ड्रेस कोड’ लागु गरेपछि सुरू भएको भैरहवा मेडिकल कलेजका विद्यार्थीको आन्दोलन एक महिना पूरा हुनलाग्दा पनि जारी छ।
गत असोज तेस्रो साता मेडिकल कलेज प्रशासनले गोजी नभएको पहेँलो सर्ट र कालो पाइन्ट हुने गरी ड्रेस कोड लागु गरेपछि चिकित्साशास्त्र स्नातक (एमबिबिएस) र दन्त चिकत्सा स्नातक (बिडिएस) का विद्यार्थीहरू विरोधमा उत्रेका थिए।
यसअघि मेडिकल कलेजले खास किसिमको ड्रेस तोकेको थिएन। विद्यार्थीले आफूखुसी सर्ट पाइन्ट र कालो लेदरको जुत्ता लगाएर एप्रोन लगाउँदा हुन्थ्यो। छात्राले कुर्थासुरुवाल वा अरू ड्रेसमा एप्रोन लगाउँदा हुन्थ्यो।
मेडिकल कलेजले छात्र र छात्रा दुबैका लागि गोजी नभएको सर्ट पाइन्ट हुनुपर्ने गरी ड्रेस तोकेपछि विद्यार्थीहरूले छात्रको लागि सर्ट–पाइन्टमा गोजी हुनुपर्ने र छात्राले कुर्तासुरुवाल पनि लगाउनु पाउनुपर्ने माग गरेका हुन्।
छात्रछात्रा दुवैका लागि सर्ट–पाइन्ट नै र गोजी बिनाकै हुनुपर्ने ड्रेस कोड फिर्ता लिन माग गर्दै विद्यार्थीहरूले गत असोज २२ गते कलेजमा धर्ना गरेका थिए।
मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अजयकुमार पि.एस. का अनुसार कलेज प्रशासनले विद्यार्थीका मागलाई गम्भीर रूपमा लिएको भएपनि प्रिन्सिपल परिवर्तन नहुने बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ