सोमवार, मंसिर १८, २०८०

क्रिकेट खेल्दा वीरगञ्जका मेयरको हात भाँच्चियो


कान्तिपथ


वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह क्रिकेट खेल्दा घाइते भएका छन् । महानगरमा भएको मैत्रिपूर्ण प्रतियोगितामा मैदानमा लडेका उनको हात भाँचिएको छ ।

नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्रबीच शनिबार मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो । मेयर सिंह सामुदायिक सेवा केन्द्र टीमबाट खेलेका थिए ।

ब्याटिङ गर्ने क्रममा रन लिँदै गर्दा लडेपछि उनको दाहिने हात भाँचिएको हो । तत्काल नारायणी अस्पताल भर्ना गरिएकोमा मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेकाले उनको उपचार त्यहाँ सम्भव भएन ।

त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको छ । मेयर सिंहको हातको शल्यक्रिया गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत