राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । उनी युरोपेली मुलुक फ्रान्स, जर्मनी र इटाली भ्रमण जाने तय भएकोमा अन्तिम समयमा स्थगित भएको हो ।
जाजरकोट भूकम्पपछि राष्ट्रपतिको भ्रमण स्थगित भएको हो । मन्त्रिपरिषद्ले गत बिहीबारको मन्त्रिपरिषद् बैठकले यही कात्तिक २२ गतेबाट हुने भ्रमण स्वीकृत गरेको थियो । तर, गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएपछि राष्ट्रप्रमुखको भ्रमण स्थगित गरिएको हो ।
राष्ट्रपति पौडेल पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा फ्रान्स जाने कार्यक्रम थियो । फ्रान्सपछि राष्ट्रपति पौडेल जर्मनी र इटालीको भ्रमणमा तय भएको थियो । उनी युरोप भ्रमण सकेर १ मंसिरमा स्वदेश फर्किने कार्यक्रम थियो ।