बिहिबार, माघ ३, २०८१

नेपाल प्रहरीका ४२२ सहायक लेखापालहरुको काज सरुवा


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरीका ४ सय २२ जना सहायक लेखापालहरुको काज सरुवा भएको छ । १० वर्ष पुगेकालाई हटाइएको र बाँकी रहेकाहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लामो समयदेखि एकै ठाउँमा रहेर सरुवा नभएकाहरुलाई हटाइएको र अर्को व्यक्तिलाई पठाइने गरी काज सरुवा गरेको प्रहरी प्रधान कार्यालयका एकजना सिनियर प्रहरी अधिकृतले बताए ।

सहायक लेखापालको हकमा आर्थिक प्रशासनसम्बन्धित तालिम गरेका प्रहरी कर्मचारीले मात्र यसको जिम्मा पाउनेलगायतको मापदण्ड छ । जुन मापदण्डअनुसार नै सरुवा गरिएको ती अधिकृतको दाबी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत