मङ्लबार, माघ ८, २०८१

विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई ५० लाख पुरस्कार


कान्तिपथ


आईसीसी टी-२० क्रिकेट वर्ल्डकपमा छनोट भएको राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले ५० लाख पुरस्कार घोषणा गरेको छ।

क्यानको सोमबार बसेको क्यान केन्द्रीय समिति बैठकले खेलाडीहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

यसैगरी क्यानले हालै मलेसियामा सम्पन्न एसीसी मेन्स यु-१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भई यही जनवरी २०२४ मा हुने यु-१९ एसिया कपमा छनोट हुन सफल यु-१९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरुलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने निर्णय पनि गरेको छ।

साथै क्यानले यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रका महिला क्रिकेट टिमबीच हुने हङकङ विमेन्स टी-२० आई सिरिजमा सहभागी हुन खेलाडीहरुलाई पठाउने पनि निर्णय गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत