शुक्रबार, फाल्गुन २, २०८१

बाँके जमुनाह नाकाबाट २ लाख ८५ हजार रुपैयाँको पटाकाहरू बरामद


कान्तिपथ


बाँके । तिहारलाई लक्षित गरेर भित्र्याइएका २ लाख ८५ हजार रुपैयाँ बराबरका पटाका बाँकेमा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले नेपालगन्जको जमुनाह क्षेत्रबाट ठूलो परिमाणमा अवैध पटाका बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले ७० हजार र विओपी जयसपुरद्वारा २ लाख १५ हजारको अवैध पटाकाहरू बरामद गरेको थियो ।

दुई स्थानबाट २ लाख ८५ हजार रुपैयाँ बराबरको अवैध पटाकाहरू बरामद गरेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । ती पटाकाहरू भारतबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।तिहारमा भारतबाट पटाका आयात रोक्नका लागि बाँकेका सशस्त्र प्रहरीले छुट्टै टोली बनाएर परिचालन समेत गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत