बुधबार, मंसिर १३, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • दुर्गा प्रसाईँको आरोप- राजेन्द्र लिङ्देन केपी ओलीको असल धर्मपुत्र हुन्, तीनले राजतन्त्र ल्याउँदैनन्

दुर्गा प्रसाईँको आरोप- राजेन्द्र लिङ्देन केपी ओलीको असल धर्मपुत्र हुन्, तीनले राजतन्त्र ल्याउँदैनन्


कान्तिपथ


काठमाडौं । पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो हजुरबुबा भए पनि उनमा भन्दा प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताउने मेडिकल व्यवसायीबाट राजनीतिकर्मी हुँदै पछिल्लो समय गणतन्त्र विरोधी अभियन्ता बनेका दुर्गा प्रसाईँले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राजावादी नभएर केपी शर्मा ओलीको धर्मपुत्र भएको आरोप लगाएका छन् ।

वृहत् नागरिक मुक्ति आन्दोलनको घोषणा गर्दै प्रसाईँले राजा ल्याउने कुरा गर्ने लिङ्देन असलमा केपी ओलीको धर्मपुत्र नै हुन् भने । उनले राजा ल्याउने भनेर मत लिएका लिङ्देन गणतन्त्रको मन्त्री खान दौडिएको आरोप समेत लगाए ।

प्रसाईँले भने- मेरो घर छेउको राजेन्द्र लिङ्देन कुरा राजा ल्याउने गर्छन् । गणतन्त्रमा गएर असलमा केपी ओलीको धर्मपुत्र नै हो उहाँ । केपी ओलीले जे भन्यो त्यही गर्नुहुन्छ । राजा ल्याउने भन्यो, गणतन्त्रमा गएर मन्त्री खाइहाल्यो ।

प्रसाईँले राप्रपाबाट राजतन्त्र नफर्किने भएकाले आफूले गणतन्त्रविरुद्ध मुक्ति आन्दोलनको घोषणा गरेको बताए । उनले मङ्सिरमा गणतन्त्र ढाल्ने दाबी समेत गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत