आइतवार, माघ ६, २०८१

भुकम्प पिडितका लागि क्रोएसियामा रहेका युवाले एक लाख पन्ध्र हजार पठाए


कान्तिपथ


जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई राहत जुट्ने क्रम जारी छ । राजनीतिक दल, व्यवसायी, प्रवासी नेपालीहरूले पनि घोषणा बमोजिम रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिरहेका छन् ।

यसैक्रममा आज क्रोएसियामा रहेका युवाहरुले एक लाख पन्ध्रहजार संकलन् गरेका छन् । कबिराज रावत, अनिल बस्नेत लगायत युवाहरुको सहजीकरणमा जाजरकोट रामिडाँडा केन्द्रबिन्दु भएर गएको भुकम्पमा बिस्थापित जाजरकोटीका लागि रु १,१५,२२९ (एक लाख पन्ध्र हजार दुई सय उन्तीस) सहयोग बापतको प्राप्त भएको भुकम्प पिडित अटल आचार्यले बताए ।

उनका अनुसार सरकारले घोषणा गरेको एकद्वार प्रणाली अन्तर्गत रहेर उक्त रकम सम्बन्धित निकायमा हस्तान्तरण गरिने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत