सरकारले २२ ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायी–आपूर्तिकर्ताहरूलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको हो।
समयमै काम काम पूरा नगरेको भन्दै अनुगमन कार्यालयले ३० दिनभित्र लिखित जवाफ दिन भनेको थियो। तर, हालसम्म पनि त्यसको जवाफ नआएको भन्दै सात दिनभित्र स्पष्टीरण पेश गर्न सार्वजनिक सूचना निकालेको हो।
यी हुन् सरकारले स्पटीकरण सोधेका कम्पनी–
इजोन निर्माण सेवा, चन्दननाथ नगरपालिका– ३, जुम्ला, रोहित निर्माण सेवा, बेल्वा–८, पर्सा, सभिल डेस्क इन्जिनियरिङ कन्सल्टेल्सी प्रालि, पुल्चोक, ललितपुर, भूमि इन्फ्रास्ट्रक्चर प्रालि, विराटनगर, मोरङ, शिवालय विल्डर्स, हेटौंडा–६, मकवानपुर, धिताल बिल्डर्स, नौबस्ता – ०८, बाँके, कुटुम्ब कन्स्ट्रक्सन, ठाकुरबाबा–९, बर्दिया, जेके विल्डर्स, कोहलपुर– ११, बाँके, त्रिवेणी निर्माण सेवा, पुम्दीभुम्दी–४, कास्की ।