धुम्बाराहीमा सञ्चालित जुवा अड्डामा प्रहरीले गएराति छापा मारेको छ । गएराति साढे २ बजे छापा मारेर ७ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । खालमा ११ बुक तास भेटिएको छ ।
धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीले बनाएको दुईतले जस्ताको टहराको भुँइ तलामा जुवा खेलेको सुराकको आधारमा महाराजगञ्जका डिएसपी अमर थापा नेतृत्वको टिमले छापा मारेको हो ।
जुवाखालबाट पक्राउ पर्नेमा दोलखा घर भएका ४० वर्षीय किरण थापा, भक्तपुरको सूर्यविनायक घर भएका सुशील लामा, दोलखाका सुन्दर कार्की, रामेछापका सुमन श्रेष्ठ, धादिङका कुमार रोका, हेटौंडा घर भएका कृष्णबहादुर मोक्तान र खोटाङ घर भएकी २९ वर्षीया निशाना राई छन् ।
घटनास्थलबाट प्रहरीले २ लाख ९२ हजार नगद र २० हजारको १ थान चेक बरामद गरेको छ । आरोपितहरुलाई प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ