बुधबार, मंसिर १३, २०८०
  • गृहपृष्‍ठ
  • बिश्व
  • हमासको मुख्य पकड रहेको उत्तरी गाजा नियन्त्रणमा लिएको इजराइली सेनाको दाबी

हमासको मुख्य पकड रहेको उत्तरी गाजा नियन्त्रणमा लिएको इजराइली सेनाको दाबी


कान्तिपथ


हमाससँग प्रत्याक्रमणमा उत्रिएको इजराइल मध्य गाजामा पुगेको छ । इजराइली रक्षामन्त्री योयाभ गालान्टले इजराइली सेना गाजा शहरको मुटुमा पुगेको पुष्टि गर्नुभयो छ ।

इजरायली रक्षा सेनाले गाजा शहरमा जल, स्थल र हवाई मार्गबाट लगातार बमबारी गरिरहेको रक्षामन्त्रीको भनाइ छ । विश्व स्वास्थ्य संगठनले इजराइल र हमासबीच जारी युद्धका कारण भएको मृत्यु र पीडा सहन गर्न सक्ने तहको नभएको जनाएको छ ।

संयुक्त राष्ट्र संघीय निकायका प्रवक्ताले युद्धरत दुबैपक्षबाट मारिएकाहरु प्रति इंगित गर्दै अहिले पनि गाजामा दैनिक सरदर १ सय ६० जना बालबालिकाको मृत्यु भइरहेको बताउनुभयो ।

यसअघि दक्षिणी गाजाका शहर खान युनिस, रफाह र देर अल-बालाह सहरहरूमा इजरायली हवाई आक्रमणमा परी दर्जनौंको मृत्यु भएको बताइएको छ । इजरायली रक्षा सेनाले भने सो आक्रमणका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

तर पछिल्लो भिडन्तमा हमासको मुख्य पकड रहेको क्षेत्र उत्तरी गाजा नियन्त्रणमा लिएको इजराइली सेनाको दाबी छ । इजराइल हमास युद्धका कारण हालसम्म इजराइलमा १ हजार ४ सय मारिएका छन् भने २ सय जनाभन्दा बढीलाई बन्धक बनाइएको छ ।

यसैगरी इजरायलले गरिरहेको जवाफी कारवाहीमा गाजामा १० हजार ३ सय बढी मारिएका छन् । त्यसमध्ये ४ हजार १ सयभन्दा बढी बालबालिका रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत