शुक्रबार, मंसिर १५, २०८०

दुई खेल बाँकी छँदै रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा


कान्तिपथ


रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार बर्नवेउमा स्पोर्टिङ ब्रागालाई ३–० ले हराउँदै रियल प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको हो ।

रियल मड्रिडले दुई खेल बाँकी छँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको हो ।

शीर्ष स्थानको रियल मड्रिडले समूह सीमा ४ खेलबाट १२ अंक जोड्यो । र दुई खेल बाँकी रहदाँ तेस्रो स्थानको स्पोर्टिङ ब्रागासँग ९ अंकको दुरी कायम राख्यो ।

ब्रागाले सुरुआतमै पेनाल्टीमार्फत खेलमा अग्रता लिने अवसर गुमाएको थियो । ब्रागाका अल्भारो जालोको पेनाल्टी प्रहारलाई गोलकिपर एन्ड्री लुनिनले बचाएका थिए । क्रिस्टियन बोरजालाई रियलका डिफेन्डर लुकास भाजक्केजले डि एरियाभित्र लडाँएपछि पाहुना टोलीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

खेलमा अग्रता रियलले २७ औं मिनेटमा ब्राहिम डियाजको गोलबाट लिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनाएका थिए । उनै भिनिसियसको पासमा रोड्रिगोले ६१ औं मिनेटमा तेस्रो गोल गर्दै रियललाई ३–० को फराकिलो जित दिलाए ।

कार्लोस एन्सेलोटीको टिमले घरेलु मैदानमा च्याम्पियन्स लिगका पछिल्ला ९ खेलमा जित निकालेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत