राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य जनक बर्तौलामाथि लुकेर सांघातिक आक्रमण भएको छ । नेपाल उसु महासंघको केन्द्रिय अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका बर्तौलामाथि बानेश्वरमा हिजो राति आक्रमण भएको हो ।
नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य समेत रहेका बर्तौलामाथि राजावादीहरुले आक्रमण गरेको आशंका गरिएको छ । राजधानीको मुटु त्यसमाथि संसद भवन भएकै स्थानमा यो प्रकारको आपराधिक आक्रमण हुनुले प्रहरीको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उब्जिएको छ ।
आक्रमणपछि सिभिल अस्पतालमा लगिएका बर्तौलाको अहिले नर्भिक अस्पतालमा उपचार भैरहेको छ । उनलाई आक्रमण गरेपछि भाग्दै गरेको भिडियो कान्तिपथलाई प्राप्त भएको छ । उनको टाउकोमा रड प्रहार भएको बताईन्छ ।