आइतवार, फाल्गुन ४, २०८१

आधिकारीकता बुझेर मात्र समाचार लेख्न रुकुम पश्चिमका सिडिओको अनुरोध


कान्तिपथ


आज कान्तिपुर पत्रिकामा प्रकाशित “भूकम्प राहतमा पूर्व अर्थमन्त्री शर्माको संवेदनहीन राजनीति” शीर्षकमा प्रकाशित समाचारमा “सरकार र सार्वजनिक संघसंस्थाबाट जाजरकोटका लागि पठाइएका राहत सामाग्रीका ट्रक शर्माको निर्देशनमा सल्लीबजारवाट मोडेर रुकुम पश्चिम पुयाई” आठविसकोट नगरपालिकामा वितरण गरिएको भन्ने समाचारलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले खण्डन गरेको छ ।

कान्तिपुरले माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको भन्दै स्थानीय जनप्रतिनिधिहरूको हवाला दिएर समाचार प्रकाशन गरेको थियो।

एमालेबाट निर्वाचित भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘हाइज्याक’ गरेर रुकुम पश्चिमतिर लगिएको बताएको कान्तिपुरको समाचार खण्डन गर्दै जिल्ला प्रशासनले भनेको छ, ‘ उक्त समाचारमा उल्लेखित राहत सामाग्रीहरुको वितरणको सम्बन्धमा यस कार्यालयमा समेत कुनै अभिलेख नरहेको र सम्बन्धित आठविसकोट नगरपालिकाको नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसंग बुझ्दा समेत उक्त सामाग्री वितरण नभएको जानकारी हुन आएको छ ।’

जिल्ला प्रशासनका अनुसार जिल्लामा विभिन्न निकायहरुबाट प्राप्त राहत सामाग्रीहरु वितरण जिल्ला प्रशासनमा अभिलेखांकन गरी सम्बन्धित स्थानीय तहहरुमा वितरणको लागि पठाउने गरिएको छ । साथै यो विपद्‌को समयमा यस प्रकारका यो र अन्य समाचारहरु सम्बन्धित निकायहरुबाट आधिकारीकता बुझेर मात्र सम्प्रेषण गर्न सिडियोले अनुरोध गरेका छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत