मङ्लबार, माघ २९, २०८१

स्टक एक्सचेन्जको लाइसेन्स नदिंदा ममाथि हमला गरियो : शर्मा


कान्तिपथ


भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहत बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पठाएको भन्दै विभिन्न मिडियामा समाचार आएपछि पूर्वअर्थमन्त्री जनार्दन शर्माले पुनः खण्डन गरेका छन् ।

सामाजिक सञ्जालमा त्यसबारे प्रस्ट पारेका उनले विज्ञप्ति जारी गर्दै ‘हुँदै नभएको ट्रक र सोलारको कुराहरू जनतालाई भ्रम दिने दुष्प्रयास’ भन्दै खण्डन गरेका हुन् ।

शर्माले काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई बीच बाटोबाटै कब्जा गर्दै रुकुम पश्चिम पठाएर संवेदनहीन राजनीति गरेको भन्दै विभिन्न मिडियामा समाचार प्रकाशन भएको थियो । शर्माले भने यथार्थतालाई तोडमोड गरी समाचार प्रकाशन गरिएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘‘म अर्थमन्त्री भएका वेला ‘स्टक एक्सचेन्जको लाइसेन्स दिनुपर्छ’ भनी मलाई दिएको दबाबबाट सुरु भएको सुनियोजित षड्यन्त्रपूर्ण समाचार श्रृखलाकै रूपमा मैले यसलाई लिएको छु । लाइसेन्स दिने अधिकार मन्त्रीको हातमा नभएको, प्रक्रियासंगत ढङ्गले अगाडि बढ्ने कुरा मैले जानकारी गराएपछि बारम्बारको अनर्गलको प्रचार र मलाई जोडेर लेखिएका आधा दर्जनभन्दा बढी भ्रमपूर्ण सम्पादकीयबाट उनीहरूको नियत स्वतः स्पष्ट हुन्छ ।’’

उनले विपत्तिका बेला सहयोग गर्ने मित्रराष्ट्र, देशभित्रका सबै संघसंस्था, उद्योगी व्यवसायी तथा सबैमा धन्यवाद दिएका छन् । खोज, उद्धार तथा राहतको कार्यमा अहोरात्र खटिने सबै सुरक्षाकर्मी, राष्ट्रसेवक, नेपाल रेडक्रस, नेपाल स्काउटलगायतका संघ–संस्था, राजनीतिक दलका भ्रत् संस्था तथा व्यक्तिहरू सबैमा हार्दिक धन्यवाद दिएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत