भ्रष्टाचार, महंगी, अनियमितता तथा राज्यको अराजकता विरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघले मंसिर ७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ।
मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहिनताले सीमा नाघेको भन्दै युवासंघले मंसिर ७ गते काठमाडौंमा प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। उनले माफियागिरी, समाजिक सद्भाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाए।
सामाजिक अभियन्ता दुर्गा प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन्। पछिल्लो समय प्रसाईंका गतिविधि विरुद्ध युवासंघ विरोधमा उत्रिएको छ।
प्रसाईंले एमाले अध्यक्ष केपी ओलीको कम्बोडियामा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईं विरुद्ध खनिएको छ।
युवा संघले गणतन्त्रको रक्षा गर्न सरकारले नसके आफूहरु तयार रहेको जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ