नेपाली सेनाले वरिष्ठ उपरथी ताराध्वज पाण्डेको उमेरको विषयमा छानबिन सुरु भएको छ । रथीमा बढुवा सिफारिस पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको हो । कानुनका उपरथीसहित तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिले तीन दिनदेखि काम गरिरहेको स्रोतले जानकारी दियो ।
सैनिक सेवा नियमावलीअनुसार जंगी अड्डाले पाण्डेविरुद्ध ७ दिने उजुरी पनि आह्वान गरेको थियो । उजुरी दिने समय आइतबार सकिए पनि कुनै निवेदन प्राप्त नभएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो ।
उनको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएका छन् । सैनिक स्रोतका अनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्ताबेजमा एउटा उमेर रहेको दाबी गरेका छन् । बाहिरको दस्ताबेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गरेको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ