प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (शनिबार) कीर्तिपुरका जनतासँग साक्षात्कार गर्ने भएका छन्।
एकीकृत नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी : विशेष रुपन्तरण अभियान’ अन्तर्गत शनिबार बिहान प्रचण्डले कीर्तिपुरका जनतासँग साक्षात्कार गर्न लागेका उनको सचिवालयले जनाएको छ।
माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा हुने कार्यक्रम शनिबार बिहान नौ बजेदेखि सुरु हुँदैछ।
कीर्तिपुर ९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा कार्यक्रम हुने माओवादी केन्द्र कीर्तिपुर नगर समितिले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ