बुधबार, मंसिर १३, २०८०

सेनाको रोलक्रम सिग्देलतर्फ सोझियो !


कान्तिपथ


वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि प्रधानसेनापतिको दाबेदारमा उपरथी अशोक सिग्देल भएका छन् ।

नेपाली सेनाले उमेरको विषयमा छानबिन थालेपछि पाण्डेको उमेरलाई लिएर प्रश्न उठेको थियो । वरिष्ठताका आधारमा उपरथी पाण्डे नयाँ प्रधानसेनापतिको दाबेदार थिए । तर, उमेरमाथि प्रश्न उठेपछि सेनाभित्रै छानबिन अघि बढ्यो ।

यहीबेला पाण्डेले राजीनामा दिएपछि अब नयाँ बन्ने प्रधानसेनापतिको लाइनमा उपरथी सिग्देल परेका हुन् । पाण्डेले राजीनामा दिएपछि उपरथी सिग्देल अब सेनाका वरिष्ठ उपरथी भएका छन् ।

अब सैनिक सेवा नियमावली अनुसार रथीमा बढुवा भएमा एक वर्षपछि उनी प्रधानसेनापति बन्नेछन् । प्रधानसेनापति शर्माको ३ वर्षे कार्यकाल अर्को वर्षको भदौ २४ मा सकिँदै छ । त्यसपछि वरिष्ठताका आधारमा अब सिग्देल नै प्रधानसेनापति बन्ने लाइनमा हुनेछन् ।

पाण्डेले राजीनामा दिएपछि उपरथी सिग्देल अब सेनाका वरिष्ठ उपरथी भएका छन् । अब रथीमा बढुवा भएमा एक वर्षपछि उनी प्रधानसेनापति बन्नेछन् । सैनिक सेवा नियमावली अनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ ।

जंगी अड्डाले पाण्डेविरुद्ध ७ दिने उजुरी आह्वान गरेको थियो । उजुरी दिने समय आइतबार सकिए पनि कुनै पनि निवेदन प्राप्त भएन । तर पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो । उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत