शुक्रबार, मंसिर १५, २०८०

एसपी दाहालले चलाएको गाडीसँग ठोक्किँदा मोटरसाइकलमा सवारको मृत्यु


कान्तिपथ


नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले चलाएको गाडीसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा सवार एक किशोरको मृत्यु भएको छ।

शुक्रबार बेलुका करिब ९ बजे झापाको कन्काई गाउँपालिका-८ बिरिङ खोलाको पुलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प १६६९ नम्बरको मोटरसाइकल प्रहरीको एसपीले चलाएको मे१च ७८३९ नम्बरको स्कारपिओ गाडीसँग ठोक्किएको थियो।

गाडी प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत एसपी भीमबहादुर दाहालले चलाएका थिए। दुर्घटनामा परी झापाको कमल गाउँपालिका वडा नं ६ का १८ वर्षीय अनील मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत