शुक्रबार, मंसिर १५, २०८०

जनक बर्तौलामाथि आक्रमण गर्ने ३ जना पक्राउ


कान्तिपथ


राष्ट्रिय खेलकुद परिषद (राखेप) का बोर्ड सदस्य जनक बर्तौलामाथि लुकेर सांघातिक आक्रमण गर्ने ३ जना पक्राउ परेका छन्।

नेपाल उसु महासंघको केन्द्रिय अध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका बर्तौलामाथि बानेश्वरमा आक्रमण गर्ने सेरु थारु चौधरी सहित ३ जनालाई काठमाण्डौ परिसरको टोलिले झापा प्रहरीको सहयोगमा झापाबाट पक्राउ गरेको हो ।

नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य समेत रहेका बर्तौलामाथि पार्टी भित्रैबाट आक्रमण गरेको निकट स्रोतले जानकारी दियो । राजधानीको मुटु त्यसमाथि संसद भवन भएकै स्थानमा यो प्रकारको आपराधिक आक्रमण हुनुले प्रहरीको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उब्जिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत