मङ्लबार, माघ २९, २०८१

निकुञ्जभित्रबाट ४० किलो सुकुटीसहित चार पक्राउ


कान्तिपथ


नेपालगन्ज, कात्तिक २७ गते । पछिल्लो समयमा बाँके र बर्दिया निकुञ्जभित्र चोरीशिकारी गर्नेहरु बढ्दैगएको पाइएको छ । केही महिना यता आएर पटक-पटक अवैध रुपमा निकुञ्जभित्र छिर्नेलाई सेनाको गस्ती टोलीले पक्राउ गर्दैआएको छ । 

सो क्रममा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना चोरी सिकारीमा सङ्लग्न व्यक्तिलाई नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले पक्राउ गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट सेनाको गस्ती टोलीले चोरीशिकारीमा संलग्न रहेका चार जनालाई ४० किलो जरायोको सुकुटी र दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ । 

उहाँले पक्राउ पर्नेहरुमा सुर्खेत बराहताल गाउँपालिका–१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्रबहादुर वली र दिलबहादुर वली रहेको बताउनुभयो ।

निकुञ्जभित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाएपछि निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अपरेसन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

पक्राउ परेकाको साथबाट भरुवाबन्दुक २ थान, गोली, बारुद, जाल लगायतका बन्दोबस्तीका सामग्री बरामद गरिएको पनि उहाँले बताउनुभयो । 

निकुञ्ज प्रशासनका अनुसार पक्राउ परेकाहरूलाई एक वर्ष कैद, एक लाख रुपियाँ जरिवाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ । 

पक्राउ परेकालाई आवश्यक कानूनी कारबाहीका लागि पक्रिया अगाडि बढाइएको जनाउँदै केही समय यता चोरीशिकारी बढ्दैगएको पाइएकाले निकुञ्जभित्र गस्ती बढाइएको पनि बाँके र बर्दिया दुबै निकुञ्जले जनाएका छन् । केही समययता आएर निकुञ्ज क्षेत्रभित्र विभिन्न जनावरहरु समेत मृत भेटिने गरेकाले पनि चोरीशिकारी बढेको पुष्टि गरेको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत