सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा अन्तर्गत चालु वर्षका लागि छुट्टाएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ ।
सांसदलाई दिइएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा खर्च गरिने
विगतमा दूरूपयोग भएको भन्दै बन्द गरिएको उक्त कार्यक्रम यस वर्षको बजेटमा फेरि ल्याएको थियो । सर्बत्र आलोचित कार्यक्रमका लागि छुट्टाइएको रकम अब भने भूकम्पछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च हुने छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रु. ८ अर्ब २५ करोड हाललाई भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ । त्यसमा १ अर्ब ७५ करोडसमेत थपेर १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने गरि निर्णय भएको छ ।