आइतवार, फाल्गुन ४, २०८१

विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै


कान्तिपथ


काठमाडौं- भारतमा भइरहेको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरु आजदेखि शुरु हुँदैछन् ।

खेल तालिकाअनुसार आज पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ । समूह चरणको खेलबाट आयोजक भारत सहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा प्रवेश गरेका छन् ।

यी टोलिमध्ये आज हुने पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यसैगरि भोलि हुने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका एक आपसमा भिड्दै छन् ।

सेमिफाइनल चरणको खेलबाट दुई टोली फाइनलमा पुग्नेछन् । तीनै दुई टोलीबीचको फाइनल प्रतिस्पर्धाबाट विश्वकप क्रिकेटको विजेता छानिने छ । विश्वकप क्रिकेटको विजेताले ट्रफी र मेडल सहित ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।

यसैगरी उपविजेता टोलीले मेडल सहित २० लाख डलर पुरस्कार पाउँछ भने सेमिफाइनल चरणबाट बाहिरिने दुबै टोलीलाई पनि ८ लाख डलर पुरस्कार दिइने छ । आइसिसीले समूह चरणबाटै बाहिरिने प्रत्येक टोलीलाई पनि १ लाख अमेरिकी डलर दिनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत