बुधबार, माघ ३०, २०८१
  • गृहपृष्‍ठ
  • खेलकुद
  • भारत विश्वकपको फाइनलमा : शामीले लिए ७ विकेट, कोहलीको कीर्तिमानी शतक

भारत विश्वकपको फाइनलमा : शामीले लिए ७ विकेट, कोहलीको कीर्तिमानी शतक


कान्तिपथ


मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ ।

अब भारतले फाइनलमा बिहीबारको दोस्रो सेमिफाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा भारतले विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा ३९७ रन बनाएको थियो ।

३९८ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड ३२७ रनमा अलआउट भयो । डिरेल मिचेलले सर्वाधिक १३४ रन योगदान गरे । उनले ८५ बलमा शतक पूरा गरे । कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिपले ४१ रन बनाए ।

कोहलीको यो ५० औं शतक हो । कोहलीले वान डे क्रिकेटमा सचिन तेन्दुलकरको रेकर्ड तोडे । तेन्दुलकरले ४९ शतक बनाएका थिए । बलिङतर्फ न्युजिल्याण्डका टिम साउथीले तीन विकेट लिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत