बिहिबार, चैत्र ६, २०८१

विश्वकप फुटबलको एसियाली छनोटमा नेपाल र यूएई भिड्दै


कान्तिपथ


काठमाडौं- विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह एच अन्तर्गत नेपालले अवे म्याचको रुपमा यूएईसँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार राति साढे ९ बजे हुनेछ । प्रि-म्याच कन्फरेन्समा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यूएई बलियो टिम भएपनि आफुहरु नडराएको बताउनु भएको छ ।

नेपालले चोटका कारण भरपर्दा डिफेन्डर अनन्त तामाङलाइ भने यो खेलमा गुमाउनेछ । तर सबैको नजर भने फरवार्ड अन्जन विष्टमा हुनेछ ।

विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध गोल गर्दै नेपालका लागि १३ गोलको कीर्तिमान बराबरी गरेका विष्टसँग नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर आजको खेलमा हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत