आइतवार, फाल्गुन ४, २०८१

टिकटक बन्द गर्ने निर्णयबाट सरकार ‘ब्याक’ हुन मिल्दैन : जसपा नेता


कान्तिपथ


काठमाडौं, ३० कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता एवं प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
‘टिकटकमा फेक आइडी बनाएर अर्काको भिडियो जोडेर चरित्रहत्या गर्ने, अरुको धर्म, संस्कृति, भेषभूषाको बदनाम गर्ने काम भएको थियो । टिकटक स्टार बन्ने लोभमा कलिलो उमेरका युवायुवती स्कुल–कलेज जानै छोडेका थिए । टिकटक बनाउने चक्करमा दिनभरि भौंतारिने गर्दा कतिपयको ज्यानै गयो । यो त पहिले नै बन्द गर्नुपर्ने अवस्था थियो । अलिकति ढिलो भयो । यो समयसापेक्ष, जायज र ऐतिहासिक निर्णयका निम्ति म प्रधानमन्त्री प्रचण्डलाई विशेष धन्यवाद दिन चाहन्छु,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसको कुराकानीमा उनले भने ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत