आइतवार, माघ ६, २०८१

अख्तियार नेपालगन्जमा उजुरीको चाङ, एकै वर्षमा ४४५ उजुरी


कान्तिपथ


नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा ४४५ वटा उजुरी परेको छ । 

गत आर्थिक वर्ष २०७९/८० मा बाँकेका विभिन्न कार्यालयमा अनियमितता भएका ४४५ वटा उजुरी परेको सम्पर्क कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ४७५ वटा उजुरी दर्ता भएका थिए । 

एक आर्थिक वर्षमा परेका उजुरी अन्त्यसम्म फर्स्यौट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा बर्सेनी उजुरीको चाङ थपिँदै जाने गरेको छ । अख्तियारको सम्पर्क कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को साउनमा ५६, भदौमा ३९, असोजमा २२, कात्तिकमा १७, मंसिरमा १८, पुसमा २६, माघमा ३८, फागुनमा ३९, चैतमा ५०, वैशाखमा ५८, जेठमा ५९ र असारमा २२ वटा उजुरी दर्ता भएका छन् । 

आर्थिक वर्ष २०७८/७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा ४७५ वटा उजुरी दर्ता भएका थिए । आयोगका अनुसार नेपालगन्ज कार्यालयमा त्यसअघिको आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २७३ वटा उजुरी फर्स्यौट भएका थिए । 

जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आर्थिक वर्षको अन्त्यसम्म ७४८ वटा उजुरी फर्स्यौटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फर्स्यौट गर्न सफल भएको जनाएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत